हाम्रो बारेमा
सुदूरपश्चियम प्रदेशको स्थापना सँगै सुदूरपश्चियम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत रहने गरी स्थापना भएको उद्योग, वाणिज्य तथाउपभोक्ता हित संरक्षण निर्देशनालय, धनगढी, कैलालीले लघु, घरेलु तथा सानाएवं मझौला तथा ठूला उद्योगहरुको समेत प्रवर्द्धन र विकास एवं स्वच्छ तथा प्रतिस्पर्धात्मक उद्योग एवं वाणिज्य प्रशासनको सुनिश्चिपतता गर्दै आम उपभोक्ताहरुको हक हितको संरक्षण गर्ने कार्य प्रभावकारी रुपमा गर्दै आइरहेको छ। सुदूरपश्चि् प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०८१ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका ६० वटा कार्यजिम्मेवारीहरु तोकिएका छन् । नियमावलीमा उल्लिखित कार्यजिम्मेवारी मध्ये २८ वटा उद्योग क्षेत्रसँग सम्बन्धित रहेका र यी कार्यजिम्मेवारी पूरा गर्ने सन्दर्भमा आवश्यक समन्वय, सहकार्य र कार्यक्रम संचालन गर्नुका साथै मन्त्रालयले तोके बमोजिमका उद्योग, वाणिज्य तथा उपभोक्ता हितसँग सम्बन्धित जिम्मेवारी यस निर्देशनालयले वहन गर्दछ । सुदूरपश्चिबम प्रदेशका ९ वटै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरु यस निर्देशनालयको मातहत रहेका छन् । उक्त कार्यालयहरु जिल्लास्तरमा उद्योग तथा वाणिज्य प्रशासन संचालन गर्नुका साथै उद्योग क्षेत्रको प्रवर्द्धन र विकास तथा उपभोक्ता हकहितको संरक्षणमा महत्वपूर्ण कार्यजिम्मेवारीमा रहेका छन् । मूलत: लघु, घरेलु तथा सानाएवं मझौला तथा ठूला उद्योगहरुको समेतविकास, विस्तार र प्रवर्द्धन गरी सीपमूलक तालिमको माध्यमबाट उद्ममी तयार गर्न प्रयत्नझ गर्नु, स्वच्छ तथा प्रतिस्पर्धात्मक उद्योग एवं वाणिज्य प्रशासनको सुनिश्चिउतता गर्नु,उद्योग, वाणिज्य दर्ता गर्नुर आम उपभोक्ताहरुको हक हितको संरक्षण गर्नुयस निर्देशनालयको प्रमुख उद्देश्य रहेको छ ।
पदाधिकारीहरु
सत्यराज जोशी

सत्यराज जोशी
नि. निर्देशक (सम्पर्क नं. ९८५८४७७९२८)

प्रवक्ता/ सूचना अधिकारी
प्रवक्ता/ सूचना अधिकारी

यशोदा बोहरा (सहायक प्रशासकीय अधिकृत)
इमेल: udyognirdeshanalaya.kailali@gmail.com 
मोबाइल : ९८५८४८८९९७
फोन: ०९१-५२०५१३